
जिल्ला विकास समिति नुवाकोटले कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सिसि टिभी क्यामेरा जडान गरेको छ । कार्यालयको कामलाई आधुनिक प्रविधिको उपयोग गर्दै जिविसले नागरिकको चाप हुने लेखा, दर्ता चलानी, कार्यालय परिषर र स्टोर कक्षमा सिसिटिभी क्यामेरा जडान गरेको छ।
कार्यालयले सिसिटिभी जडान गरेपछि योजना, सेवाग्राहीको चाप, सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी हुने भएकाले समयमै सेवाग्राहीले सेवा पाउने विश्वास व्यक्त गरेको छ । यस अघि कार्यालयले सुचना पाटी सञ्चालन गरेर कार्यालयले दिने सेवा, योजना, कार्यालयको बजेट तथा कार्यक्रमलगायतका बारेमा टिभीमार्फत जानकारी दिँदै आएको थियो ।
जिविसमा राखिएको सिसि टिभि क्यामेराको शुभारम्भ नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले गर्नुभएको थियो ।
जिविसले छिट्टै जिविसको एप्स बनाउने तयारी गरेको छ । एन्ड्रोयड मोवाइलमा हेर्न सकिने यो एप्समा जिविसको योजना, बजेट, कार्यक्रम, सेवा घरमै बसेर हेर्न सकिने छ ।