संक्षिप्त परिचय
नुवाकोट जिल्ला नेपालको ७७ जिल्ला मध्यको एक हो । कुल १,१२१ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर हो। यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरू समावेश छन्। प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्धार पनि रहेको थियो ।
थप पढ्नुहोस्